म्यान्मारद्वारा भारतसँग प्रहरी फर्काउन आग्रह



यांगुन, (एजेन्सी) ।

म्यान्मारले छिमेकी राष्ट्र भारतसँग १ फ्रेब्रअरीमा भएको सैनिक विद«ोहको दौरान सेनाको आदेश मान्न अस्वीकार गर्दै सीमा पार गरेर भारतमा शरण माग्न पुगेका आफ्ना प्रहरी अधिकारीहरूलाई फिर्ता गर्न आइतबार अनुरोध गरेको छ । भारतीय अधिकारीहरूले ती केही प्रहरी अधिकारीहरू आफ्ना परिवार सहित केही दिनअघि भारत आइपुगेको पुष्टि गरेका छन् । म्यान्मारले भारतलाई एक पत्र पठाउँदै मैत्रीपूर्ण राष्ट्रपति विन मिन्टलगायत प्रजातन्त्रवादी नेतृ आंग सान सुकीलाई हिरासतमा लिएर सेनाले सत्ता कब्जा गरेको थियो । त्यतिवेला सुकीका नेसनल लिग फर डेमोक्रेसी ( एनएलडी ) का अन्य थुप्रै वरिष्ठ नेताहरूलाई पनि गिरफतार गरिएको थियो ।

अहिले म्यान्मारमा जननिर्वाचित सरकारको पुनस्र्थापना र सम्पूर्ण नेताहरूको यथाशिघ्र रिहाइको माग गर्दै सडक प्रदर्शन भइरहेको छ । शुक्रबार सम्ममा सेना र प्रहरीको गोली लागेर मर्ने प्रर्दनकारीको संख्या कम्तिमा ५५ पुगेको छ ।सेनाले गत नोभेम्बरमा सम्पन्न आमनिर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै सैनिक हस्तक्षेप गरेको हो । यद्यपि, सेनाले धाँधलीसम्बन्धी कुनै ठोस प्रमाण पेस गर्न सकेको छैन । चुनावमा एनएलडीले अत्यधिक बहुमत सहित सफलता हासिल गरेको थियो । अमेरिका लगायत युरोपेली संघले सेनालाई सैनिक विद्रोह सच्याउन दबाब दिँदै आएका छन् ।

शनिबार सबैभन्दा ठूलो शहर यांगुन र मान्दालयमा हजारौं व्यक्तिले सरकारविरूद्ध विरोध प्रदर्शन गरेका छन् । भारतको मिजोरम राज्यको चाम्फाइ जिल्लाको वरिष्ठ उप–प्रहरी प्रमुख मारिया सिटी जुआलीले म्यान्मारको फालाम जिल्लाका आफ्ना समकक्षीले ती प्रहरी फर्काउन अनुरोध गरेको अन्तर्राष्ट्रिय सञ्चार निकाय रोयटर्सलाई जानकारी गराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्