प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले



विमल विष्ट, काठमाडौँ ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफुलाई बद्नामीत गराएको आरोप लगाउनु भएको छ ।

नेपाल वन पैदावार उद्योग व्यवसायी महासँघले काडमाडौँमा आयोजना गरेको १० औँ महाधिबेसन तथा २१ औ वार्षिक साधारण सभामा बोल्नु हुँदै मन्त्री आलेले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासँको कार्यक्रममा आफुले बोलेको भाषण तोडमोड गरी बद्नाम गराउने उदेश्यले कु प्रचार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकार तथा म प्रति कु दृष्टी राख्नेहरुले मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्, यस्तो कु प्रचार नगर्न र उक्त कुराको विश्वास नगर्न म आग्रह गर्दछु ।”

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले ढलेको रुखबाट अक्सिजन नमिल्ने र कार्वनडाइ अक्साइड मिल्छ भन्ने उदेश्यले बोलेको थिए । प्रबिधिको दुरुपयोग गरी मलाई बद्नामित गराउने काम भयो उक्त विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । यसरी प्रबिधिको दुरुपयोग गरी समय खेर फाल्नु भन्दा बरु उक्त समय देश विकासमा लगाउन समेत उहाँले आग्रह गर्नुभयो ।

“रुखले के दिन्छ के दिदैन भन्ने कुरो एउटा सानो बच्चालाई समेत जानकारी हुने विषय भएकाले मैले के नबुझेको होला र?” उहाँले भन्नुभयो, “म वन तथा वातावरण मन्त्री भएको मान्छेलाई रुखले अक्सिजना दिन्छ भन्ने कुराको ज्ञान नहोला र ? गलत कुरा राखेर बद्नाम गराउने ।” वैज्ञानीक वनका नाममा रुखहरु छरपस्ट गरी फडानी भएकाले वैज्ञानिक वन खारेज गरेको समेत मन्त्री आलेले जानकारी दिनुभयो । नबोलेको कुरा एडिट गरेर बोलेको हो भन्दै कुप्रचार नगर्न उहाँले आग्रह गर्नुभयो । “मैले यो जनताको सरकार हो, जनताप्रति उत्तर दायि भएको सरकार हो भनेको कुरालाई एडिट गरी गलत प्रचार गरीएकोमा मेरो घोर आपत्ति छ” उहाँले भन्नुभयो ।

सो कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका वन तथा वातावरण मन्त्री आलेले वैज्ञानीक वनका नाममा काटिएका रुखहरुको सबै प्रदेश वन मन्त्रालयमा लगत सङ्कलनका लागि पत्राचार गरीएको र चाडो व्यवथापन गर्न तिर मन्त्रालय अग्रसर रहेको मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “वैज्ञानीक वनका नाममा काटिएका रुखहरुको लगत सङ्कलनको काम सुरु गरेका छौँ, व्यवसायीलाई मर्कामा पर्न दिदैनौँ ।” वैज्ञानिक वनको अवधारण राम्रो भएपनि केही व्यक्तिहरुले वन विनास गर्नकै लागि जथाभाबी वन फडानी गर्ने गरेकाले वन फडानी रोक्नका लागि वैज्ञानिक वनव्यवस्थापना २०७१ खारेज गरिएको मन्त्री आलेको दाबी छ ।

काठ निकासी, पैठारी रोकिएकाले व्यवसायीलाई समस्या भएको कुरा आफुले राम्रोसँग बुझेकाले काठ निकासीका लागि के गर्न सकिन्छ सो विषयमा छलफल तथा अध्यन भइरहेको मन्त्री आलेले सो कार्यक्रममा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “काठ दाउरा सङ्कलनमा लागि मन्त्रीपरिषदमा प्रस्ताब गएको छ, चाडै कार्यान्वय हुन्छ होला ।” सोही कार्यक्रमका अतिथी तथा वन तथा वातावरण मन्त्रालयका सचिब डा. विश्वनाथ ओलीले वन विकासको काममा सबै एक जुट हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वन विकासको क्षेत्रमा तीनैतहका सरकार मिलेर एकजुट भएर अगाडी बढ्नु पर्ने हुन्छ ।”

मन्त्रिपरिषद्को जेठ १५ को बैठकले देशैभरका वनमा रुख कटान, सङ्कलन, ओसारपसार र ढुवानीमा प्रतिबन्ध लगाउने र छानबिनका लागि उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो । करिब साढे दुई लाख श्रमिक वनजन्य उद्यममा आश्रित भइरहेकामा काठ सङ्लन र ओसार पसार बन्द हुँदा उनीहरुका परिवार थप मारमा परेका कारण कानुनी प्रक्रिया पुरा भएका काठ खुला गरीदिन नेपाल वन पैदावार उद्योग व्यवसायी महासँघका अध्यक्ष श्यामसुन्दर ढकालले आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, “सरकारलाई राजश्व बुझाइएका काठ प्रकृया मिलाएर खोल्नु पर्छ ।” सो कार्यक्रममा काष्ठ क्षेत्रको उद्योगमा राम्रो काम गरेका केही व्यवसायीहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्