प्रधानमन्त्री ओलीले खोप लगाईरहँदा भट्टराई डिस्चार्ज



न्युज अफ नेपाल, काठमाडौ ।

हिउँदे अधिवेशनमा भाग लिनका लागि सबै सांसदहरुले कोरोना विरुद्धको खोप लिनु अनिवार्य गरि ३ दिनसम्म निजामती कर्मचारी अपस्पताल (सिभिल) मा सांसदहरुलार्य खोप लगाईयो ।

सोही अभियान अन्तर्गत गत बुधबार कोरोना बिरुद्धको खोप लगाउँनुभएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई भने भ्याक्सिन सिन्ड्रोम देखियो ।

संयोग नै मान्नुपर्छ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बिरुद्धको खोप लगाउँन त्रि.वि शिक्षण अस्पताल पुग्दा पूर्व प्रधानमन्त्री डा.भट्टराई खोप लगाएपछि बिरामी भै उपचार गराएर सोही अस्पतालबाट डिस्चार्ज हुँदै हुनुहुन्थ्यो ।

खोप लगाएपछि डा. भट्टराईलाई उच्च ज्वरो आउँनुका साथै ज्यान दुखेपछि उहाँलाई त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । सामान्य उपचार तथा चिकित्सकको निगरानीमा राखी उहाँलाई आईतबार बिहान डिस्चार्ज गरिएको त्रि.वि. शिक्षण अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्