उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २०० ट्राफिक स्वयमसेवक परिचालन



काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।महाशाखा र राष्ट्रिय युवा परिषद्‍को समन्वयमा बिभिन्न कलेजका २०० जना बिद्यार्थीहरुलाई ट्राफिक महाशाखामा शिक्षण गरिकाठमाडौँका विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिनेछ ।

महाशाखाले स्वयंसेवकलाई १० दिन सम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ ।काठमाडौँ उपत्यकाको सवारी चाप हुने तथा बढी पैदलयात्रु भीडभाड हुने स्थानमा सहजर सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिकस्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुखप्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो । स्वयंसेवकले आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रबाह गर्ने एसएसपि भट्टराईले जानकारी दिनुभयो ।एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुने भन्दै ट्राफिक स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गर्नुभयो ।

जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्दा भएका दुर्घटनामा परि मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उनले पैदलयात्रूको बढि भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरि सहजता ल्याउने जानकारी दिनुभयो ।उपत्यकामा बर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदलयात्रुहरु दुर्घटना परि अनाहकमा ज्यान गुमाउनुको साथै अंगभङ्ग हुने गरेको छ । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरि लापरबाहि तरिकाले सडक पार गर्ने र जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले त्यसलाई रोक्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाको अपेक्षा रहेको छ ।

स्वयमसेवक परिचालन बाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस गर्ने र पैदलयात्रुलाई सहजता मिल्ने महाशाखाको बुझाई छ ।यस अघि महाशाखाले नेपाल स्काउट, सामुदायिक सेवा केन्द्रका युवा बिद्यार्थीहरुलाई समेत प्रशिक्षण दिई बिभिन्न चरणमा ट्राफिक स्वयमंसेवक परिचालन गरिएको र त्यसको प्रभावकारिता सँगै यसलाई निरन्तरता दिएको बताएको छ ।कार्यक्रममा प्रहरी अधिकृतहरु, राष्ट्रिय युवा परिषद्‌का पदाधिकारी तथा अन्य ट्राफिक भोलेण्टरहरुको उपस्थिति रहेको थियो । स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा थपपरिचालन बढाउँदै लगिने महाशाखालेजनाएको छ ।

प्रतिक्रिया दिनुहोस्