‘अभिकर्ता बीमा व्यवसायको मेरुदण्ड’



काठमाडौं, (नेस) ।
राष्ट्रय बीमा कम्पनी सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले बीमा व्यवसायलाई अभिवृद्घि गर्न अभिकर्ताको भूमिका महŒवपूर्ण रहेको भन्दै अभिकर्ताका कारण सामान्य जनतामा बीमा चेतनाको विकास गरी बीमा सेवालाई सर्वसाधारणसम्म पु¥याउन महŒवपूर्ण योगदान पुगेको बताउनुभएको छ । राजधानीमा आयोजना गरेको अभिकर्ता सम्मान तथा अन्तक्र्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो ।

कम्पनीले आफ्नो उद्देश्यअनुरुप बीमा व्यवसायका माध्यमले सुरक्षित एवं लगानीमैत्री वातावरण निर्माण गर्न तथा छरिएका बचतलाई पुँजीका रुपमा परिचालन गर्न कम्पनी क्रियाशील रहेको भन्दै उहाँले कर्पोरेट ढाँचामा व्यावसायिक जोखिमसँग सम्बद्घ परम्परागत बीमा व्यवसायका साथै सबैखाले आर्थिक गतिविधिसँग बीमा व्यवसायलाई गाँस्दै जाने कामले गति लिन थालेको बताउनुभयो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले अभिकर्ता कम्पनीको स्थापनादेखि खडा भएका पिलर भएको भन्दै अभिकर्तालाई सम्मानको परम्परालाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

कम्पनीका मुख्य व्यवस्थापक सुभास कोइरालाले अभिकर्ता नै बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेको भन्दै व्यवसाय अभिवृद्घिमा उनीहरुको भूमिका उल्लेख्य रहेको बताउनुभयो । आर्थिक वर्ष २०७६÷७७ मा बीमा व्यवसाय प्रदान गर्ने उत्कृष्ट १० जना अभिकर्तालाई नगद पुरस्कार, एक लाख रुपियाँको दुर्घटना बीमा, मायाको चिनो तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्