गृहमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप



न्युज अफ नेपाल ,काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । गृहमन्त्रीले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोनाविरुद्धको कोभिशिल्ड लगाएका हुन् ।

आजबाट प्रतिनिधि सभाको सातौँ अधिवेशन सञ्चालन हुँदैछ । त्यसका लागि उपस्थित सांसदहरुले अनिवार्य रुपमा कोरोनाविरुद्धको खोप लगाउन संसद सचिवालयले भनेको छ । संसद अधिवेशनमा उपस्थितीका लागि गृहमन्त्री बादलले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्