एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन कार्यक्रम शुरू



काठमाडौं, (नेस) ।

एनसेल आजियाटाले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरू गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले धुलिखेल अस्पतालअन्तर्गत सञ्चालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गर्नुभएको छ । साथै चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गर्नुभएको थियो ।

पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रमार्फत् कार्यक्रम सञ्चालन हुनेछ । यी केन्द्रले १५ हजारभन्दा बढी घरधुरीका सदस्यलाई सेवा प्रवाह गर्नेछन् । अबको चार वर्षमा यो कार्यक्रम २० वा सो भन्दा बढी स्वास्थ्य केन्द्रमा लागू गर्ने एनसेलको योजना छ ।

प्रतिक्रिया दिनुहोस्