रेगनलाई स्नुकर उपाधि



नेपाल समाचारपत्र, काठमाडौं ।

अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ ९अंकितमान श्रेष्ठ० ले ‘प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिता’को उपाधि शनिबार जितेका छन् ।बौद्धस्थित अजिमा स्नुकर हाउसमा भएको ‘बेस्ट अफ १५’ को फाइनलमा नेपाल नम्बर वान स्नुकर खेलाडी रेगनले लास्ट ब्रेकमा सोम लामालाई ८–६ ले पराजित गरे । रेगनले खेल ९१–३४, २६–९५, ३३–७३, ८०–४२, ६७–४२, २९–९३, ८०–२९, ७१–४५, २–१२१, ६३–३२, ९०–४२, २४–८९, ७–१३० र ८०–२९ ले जिते ।

उपाधिसंगै रेगनले २ लाख ११ हजार ५ सय नगद पुरस्कार जिते । सोमले ९१ हजार ५ नगदमा चित्त बुझाए । सेमिफाइनलमा पराजित एनआरटीका दीपक मगर र फस्ट ब्रेकका अमन कार्कीले जनही ३० हजार ५ सय नगद पुरस्कार हात पारे ।त्यस्तै, क्वार्टरफाइनलमा पराजितले जनही १० हजार ५ सय नगद पुरस्कार पाए भने प्रिक्वार्टरफाइनलमा पराजितले गिफ्ट ह्याम्पर वापत क्यु एन्ड क्यु बक्स हात पारे ।बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीको संयुक्त आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको विशेष सहयोगमा भएको प्रतियोगितामा अजिमाका फुरी शेर्पा उत्कृष्ट खेलाडी तथा चामुण्डाका तेन्जिङ लामा र अजिमाका रेन्जेन लामा उदीयमान खेलाडी घोषित भए । ब्रेक प्वाइन्टका विनोद श्रेष्ठ अनुशासित खेलाडी ठहरिए । चारै समान ११ हजार ५ सय–११ हजार ५ सय नगद पुरस्कार हात पारे ।

प्रतियोगितामा एनआरटीका दीपक मगर सर्वाधिक ब्रेक कर्ता बने । सर्वाधिक ८४ अंकको ब्रेक गरेका उनले २१ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सेन्चुरी ब्रेक गर्नेलाई २ लाख १ हजार तथा १४७ ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार राखिएको थियो । कुनै पनि खेलाडीले उक्त उपलब्धि हासिल गर्न सकेनन् । नेपाली स्नुकरको इतिहासमै यो प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हो ।विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष समेत रहेका स्नुकरका चारपटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, प्रतियोगिता संयोजक राजेन लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।माघ २४ गतेदेखि शुरू प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी थिए । खेलाडी सहभागिताका आधारमा पनि यो प्रतियोगिता ठूलो हो ।

प्रतिक्रिया दिनुहोस्