स्याङ्जा प्रहरीको नौलो सिर्जनात्मक कार्य, अवकाशसंगै सीप



भूपराज बस्याल, स्याङ्जा ।

बीस बर्षसम्म परिवारसंग अलग रहेर राष्ट्र सेवकको रुपमा खटिने नेपाल प्रहरीको जागीर अवकाश पछि कित खाडी तिर लागेको देखिन्छ अथवा कुनै अफिस वा घरको सुरक्षागार्ड तिरको काममा ।

केही सिक्न सक्ने उर्जाको समय नेपाल प्रहरीमा बिताएपछी जागीरबाट अवकाश पाउदा अन्य कुनै सीप नहुने भएपछि आफुले जानेको काम खोज्दै जादा माथी उल्लेखित काम फेला पर्ने गरेको पाइन्छ । जागीर अवकाश हुँदाको पेन्सनले पुरै जिबिकोपार्जन हुने भए सायद फेरि घर परिवारबाट अलग बस्ने मन कसैको हुदैन थियो होला । पेन्सनबाट आउने रकमले जिबिकोपार्जन नहुने भएपछि अन्य काममा भौतारिदै जादा जस्तोसुकै काम पनि आइ पर्न सक्छ । तर स्याङ्जा प्रहरीले भने जागीर अवकाश पछि जिबन सहज तरिकाले जिउन सकियोस् भनेर नयाँ कार्यक्रम अगाडी सारेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा तथा काठमाडौ प्रहरी परिसर हनुमानढोकामा काम गरेको राम्रो अनुभव बटुलेर स्याङ्जा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले देखीनै जिल्लाको सुरक्षादेखि प्रहरी कर्मचारिको पारिवारिक ब्यबस्थापनसम्म जुट्नु भएका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जागीर अवकाश पछिको नयाँ कार्यक्रम अगाडी सार्नुभएको हो । प्रहरी कर्मचारीको पारिवारिक अवस्था राम्रो भयो भने प्रहरी कर्मचारीले उच्च मनोबलका साथ काम गर्न सक्छ र उच्च मनोबलका साथ काम भयो भने समाजमा राम्रो सन्देश प्रवाह गर्न सकिन्छ भन्ने बिचार राख्ने बोगटीले यश अघि “आइ लभ यु बुढी गुट नाइट” कार्यक्रम ल्याएर निकै चर्चामा आउनु भएको थियो । देशमै नमुना कार्य गर्न सफल बोगटीले पुन नयाँ कार्यक्रम ल्याउनु भएको हो । यो कार्यक्रमले प्रहरी जागीरबाट अवकाश भएपछि कामको खोजीमा भौतारी रहनु नपर्ने उहाँको तर्क छ ।

करिब बीस बर्षको हाराहारीमा नेपाल प्रहरीको जागीर सुरु गर्ने हो भने चालीस बर्षमा जागीरबाट अवकाश पाउन सकिन्छ । त्यसपछिको समय खाडी जान नपरोस् भनेर अवकाश पछिको लागि नयाँ योजना अगाडी सारिएको बोगटीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यो कार्यक्रमले जागीर बाट अवकाश लिएपछि बेरोजगार बस्नुपर्दैन र सम्मान जनक तरिकाले काम गर्न सकिन्छ ।”

स्याङ्जा जिल्ला प्रहरी कार्यलयले हाल अघि सारेको योजना कुनै नौलो र ठूलो भने होइन । “जिन्दगी जिउन जाने सुख छ नजाने दुख छ” भने जस्तै हो । हाल अघि सारिएको योजना प्रहरी कर्मचारीलाई सीप प्रदान गर्नु हो । स्याङ्जा घरेलु तथा साना उधोग कार्यलयको आर्थिक तथा प्राबिधिक सहयोगमा प्रहरी कर्मचारीहरुलाई इलेक्टिसिएन सम्बन्धि तालिम दिन सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यलयको हलमा संचालन गरिएको उक्त तालिममा हाल बीस जना प्रहरी कर्मचारी र दुई जना जागीर अवकाश प्रहरी गरि जम्मा बाइस जनाको सहभागीता रहेको छ । देशमै नयाँ अभ्यासको रूपमा अगाडि सारिएको उक्त कार्यक्रमले प्रहरी कर्मचारी जागीरबाट अवकाश हुँदा सीप प्रदान गर्छ भने प्रहरी भित्रै पनि आपतकालीन समयमा इलेक्टिसियन कुरि राख्नुपर्ने समस्यको अन्त्य समेत हुने देखिन्छ ।

देशकै सुरक्षामा खटिने प्रहरीले आफ्नो इलेििक्ट्सएन सम्बन्धि कामको लागी बाहिरी मान्छे गुहार्नुपर्ने बाध्यता हुन्थ्यो । यो तालीम पछि सुरक्षाका भित्र क्षेत्रमा आफ्नै कर्मचारीले काम गर्न सक्ने भएपछि प्रहरीको सुरक्षाको दृष्टिकोण हिसाबले पनि यो कार्यक्रम निकै उत्कृष्ट मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्