महँगो भए पनि स्वदेशी उत्पादन प्रयोग गर्न जोड



काठमाडौं, (नेस) ।

नेपाल उद्योग परिसंघले अगाडि बढाएको ‘मेक इन नेपाल–स्वदेशी अभियान’को सफलताको लागि राष्ट्रपतिले शुभकामना व्यक्त गर्नु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको छलफलमा राष्ट्रपतिले आप्mनो अन्तरआत्मामा लागेको विषयलाई परिसंघले उठाएकोमा धन्यवाद समेत व्यक्त गर्नु भयो ।अभियानलाई सफल बनाउनको लागि नेतृत्वबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनुपर्ने बताउनु भएको छ ।

निजी क्षेत्र र सरकारबीचमा औद्योगिक वातावरण र उद्योग विकासको कुरामा समान धारणाको विकास हुनुपर्ने बताउनुभयो । राष्ट्रपतिबाट सरकारले स्वदेशी उत्पादनलाई नै प्रवद्र्धन गर्नको लागि स्वदेशी सामानको खरिदमा १५ प्रतिशतसम्म महँगो भए पनि खरिद गर्ने व्यवस्था गरेकोको प्रसंग उल्लेख गर्दै आत्मनिर्भरता र अन्तरनिर्भरता दुवै संस्कारको रुपमा अगाडि बढिरहेको धारणा राख्नुभयो ।राष्ट्रपतिबाट कतिपय उत्पादन देशका मौलिक पहिचानसँग सम्बन्धित भए पनि स्वदेशमा उत्पादन नभएको तर्क राख्दै उद्योगी व्यवसायीले त्यसतर्फ पनि ध्यान पु¥याउनुपर्ने सुझाव दिनुभयो । नेपालमा धेरै क्षेत्रमा दक्ष र अदक्ष कामदारको टड्कारो आवश्यकता देखिएको बताउँदै निजी क्षेत्रले दक्ष जनशक्ति उत्पादनमा समेत ध्यान पु¥याउनुपर्ने बताउनुभयो । राष्ट्रपतिबाट निजी क्षेत्र स्पष्ट भएर अगाडि आउनुपर्ने र आयात विस्थापन गर्नको लागि पूर्वाधार तयार गर्न सुझाव दिनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघले अगाडि सारेको अवधारणामा सरकारको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै यस अभियानले आम जनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने धारणा राख्नुभयो । अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सिर्जना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगलाई आत्मनिर्भर बनाउन थप सहयोग पु¥याउने अध्यक्ष मोरको धारणा थियो । परिसंघका प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलले मेक इन नेपालको अवधारणालाई प्रस्तुत गर्दै यस अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याउने लक्ष्य लिएको, कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने, हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात ४ दशमलव ३ अर्ब डलर पु¥याउने लगायतका विषयमा राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नु भएको थियो ।

डा. पौडेलले उत्पादन स्तम्भहरू क्रमशः नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण बनाउने, आयात प्रतिस्थापन, पूर्वाधारमा पुँजी खर्च, सेवा क्षेत्रको आधुनिकिकरण र खपत स्तम्भहरू क्रमशः स्वदेशी वस्तुको उपभोग, सरकारले स्वदेशी उत्पादनहरुको उपभोगलाई प्राथमिकता दिने र स्थानिय उत्पादनलाई वैदेशिक वजार खोज्ने सम्बन्धमा राष्ट्रपति समक्ष प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्