पीएम कपमा पुलिसको दोस्रो जीत



बाँके, नेस ।

आन्तरिक प्रतियोगितामा अधिक धनराशीको प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगितामा एपीएफ र पुलिस विजयी भएका छन् । एपीएफले त्रिभुवन आर्मी र पुलिसले लुम्बिनी युनाइटेडलाई पराजित गरेको हो ।

पहिलो खेलमा एपीएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो । पहिलो सेट २६–२४ ले जिते पनि त्यसपछि आर्मी तीन सेट लगातार पराजित भयो । एपीएफले २५–२३, २५–१६ र २५–२३ मा आर्मीलाई पराजित गरेको थियो । दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेडलाई सोझो सेटमा पराजित ग¥यो । पुलिसको यो दोस्रो जीत हो । जीतसँगै पुलिस लिगको शीर्ष स्थानमा पुगेको छ । पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–१४ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्