गल्फ उपाधि सुनीललाई



काठमाडौं, नेस ।

स्वर्गीय आङ्ग छिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि सुनील कार्कीले जितेका छन् । विभिन्न १० विधामा खेलाइएको उक्त प्रतियोगितामा ४१ अंकका साथ पहिलो हुने कार्कीले उपाधिसँगै यती माउन्टेन होम कोङ्दे, सोलुखुम्बुमा ४ जनाको लागि बे्रकफास्ट गर्ने अवसर पाएका छन् । ब्रेकफास्टका लागि काठमाडौंबाट एअर डाइनेस्टीको हेलिकप्टर राइडको सुविधा पाउनेछन् ।

त्यसैगरी हृदेश कुमार सिंहले प्रतियोगितामा ३४ ग्रस अंक बटुल्दै बेस्ट ग्रसको उपाधि जितेर मोक्ष मुस्ताङ्गमा बे्रकफास्ट, लन्च र डिनर सहित २ जनालाई २ रात ३ दिन बस्ने मौका पाएका छन् । साथै, विजेताले काठमाडौं–पोखरा–जोमसोम जानआउनका लागि यती एअरलाइन्स र तारा एअरको तर्फबाट निशुल्क हवाई टिकट प्राप्त गरेका छन् । बेस्ट ग्रस रनरअप विजय श्रेष्ठ आईनहाउस भए । उनले यती एअरलाइन्सबाट दुई जनाको लागि काठमाडौं–भरतपुर–काठमाडौंको हवाई टिकटसहित माला लज घान्द्रुकमा बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर पाएका छन् ।स्वर्गीय आङ्ग छिरिङ शेर्पाको फेवरेट होल ९होल नम्बर १३० मा बाबु शेर्पाले होलको सबभन्दा नजिक प्रहार गरेर बिजेता बने । उनले हिमालय एअरको तर्फबाट एकजोडीलाई काठमाडौं–दुबई–काठमाडांैको निःशुल्क हवाई टिकट प्राप्त गरेका छन् ।

महिलातर्फको उपाधि ३८ अंकका साथमा कश्मिरा शाहले जितेकी छिन् । उपाधिसँगै तारा एअरबाट काठमाडौं–लुक्ला–काठमाडौंको हवाई टिकटसहित यती माउन्टेन होम खाँग्रीमा २ जनाका लागि बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर जितेकी छिन् । गीता गुरुङ रनरअप भइन् । उनले पनि बे्रकफास्ट, लन्च र डिनरसहित २ जनाका लागि २ रात ३ दिन कसारा जंगल रिसोर्ट चितवनमा बस्ने सुविधा सहितका साथै यती एअरलाइन्सको तर्फबाट काठमाडौं–भरतपुर–काठमाडौंको निशुल्क हवाई टिकट प्राप्त गरेकी छन् ।
सुमनले जिते सोनेट कार
गल्फर सुमन जोशीले होल इन वान गरेर नेपालमै पहिलोपटक पुरस्कार स्वरुप कियाको सोनेट कार जितेका छन् । सो पुरस्कारको प्रायोजन कन्टिनेन्टल टे«डिङ्ग इन्टरप्राइजेज प्रा।लि।ले गरेको छ । आङ्ग छिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा यती एअरलाइन्स, तारा एअर र गोकर्ण फरेस्ट रिसोर्टले संयुक्तरूपमा गल्फ प्रतियोगिताको आयोजना गरेको थियो । दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा १६० जनाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्