संसद भवनको सुरक्षा व्यवस्था कडा, नेकपाका दुई समूह भिड्ने मनस्थितीमा



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधि सभाको हिउँदे अधिवेशन आज अपराह्नबाट सुरु हुँदै छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि पहिलोपटक बस्न लागेको अधिवेशनमा दुर्ई समूहबीच भिडन्त हुने सम्भावना बढेको छ ।

आजको बैठकमा प्रचण्ड-नेपाल समूह र ओली समूह एकआपसमा भिड्ने मनस्थितीमा रहेपछि संसद भवनको सुरक्षा कडा बनाइएको छ । दुवै समूह सत्तापक्षकै बेन्चमा बस्ने भएपछि अवस्था जे पनि हुन सक्ने आकलन गर्दै संसद सचिवालयले सुरक्षा व्यवस्थालाई कडा बनाइएको बताएको छ ।

आजको बैठकमा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भएपछि ओली समूह पनि भिड्ने मनस्थितीमा पुगेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्पष्ट नीति तय गर्न नसक्दा अवस्था जटिल र अन्योलतातर्फ धकेलिएको छ ।

प्रतिक्रिया दिनुहोस्