दिवस र नङ्सल सिंगल्सतर्फ विजेता



नेपाल समाचारपत्र, भोजपुर  ।

पाँचथरका दिवस शंकर र भोजपुरकी नङ्सल तामाङ भोजपुरमा भएको प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा सिंगल्सतर्फ विजेता बनेका छन् ।
शनिबार भएको पुरुष सिंगल्स फाइनलमा दिवसले आफ्नै जिल्लाका एशिया जवेगुमाथि २२–२०, १९–२१, २२–२० को संघर्षपूर्ण जित निकाल्दै उपाधि चुमेका हुन् । विजेता दिवसले २५ हजार र उपविजेता एशियाले १५ हजार नगद प्राप्त गरे ।

महिला सिंगल्सतर्फको फाइनल खेलमा सुनसरी ब्याडमिन्टन एकेडेमीकी सीमा राजवंशीले खेल परित्याग गरेपछि नङसलले उपाधि जितेकी हुन् । नेपालकी नम्बर एक खेलाडी नङ्गशल निर्णायक सेटमा १५–२ ले पछि परेको स्थितिमा सीमाले अस्वस्थ भएर खेल त्यागेकी हुन् । नङसलले २० हजार र सीमाले १० हजार नगद प्राप्त गरे ।

गल्र्स यु १७ तर्फको प्रतिस्पर्धामा मोरङ्गकी रोज पाण्डेले उपाधि उचालिन् । उनले फाइनलमा सुनसरीकी सृष्टि चाम्लिङ्ग राईलाई २१–१२, २१–१७ ले पराजित गर्दै उपाधि हात पारेकी हुन् । यस्तै, ब्वाईजतर्फ इटहरी ब्याडमिन्टन क्लबका भोजबहादुर गुरुङले उपाधि जिते । उनले सुनसरीका सत्यम सुब्बामाथि २१–१०, २३–२१ को कठिन जित निकाले । दुबै विधाका शीर्ष दुईले क्रमशः १५ हजार र ८ हजार नगद हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्