महिला नेतृ बानियाँसहित १७ सम्मानित



न्युज अफ नेपाल, भक्तपुर ।

राष्ट्रिय नागरिक बिकास समाजले महिला नेतृ सरु बाँनिया सहित देशै भरिबाट १७ जना महिलालाई सम्मान गरेको छ । नारी दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी महिला संघ भक्तपुरका अध्यक्ष समेत रहेकी सामाजिक अभियन्ता बाँनिया सहितलाई सम्मान गरेको हो ।

बिगत ११ बर्ष देखि नारी दिवसको अवसर पारी बिभिन्न कार्यक्रम गर्दै आएको संस्थाले समाजमा बिभिन्न क्षेत्रमा योगदान दिदै आएका बिशिष्ठ महिलालाई सम्मान गरेको हो ।

सम्मान प्राप्त गर्नेमा सञ्चारकर्मी बिमला भण्डारी ,शोभा पाठक,सिता घिमिरे तिमिल्सिना, विश्व बौद्ध धर्म संघकी अध्यक्ष आनी भिमसुवा गुरुङ ,छायाँ श्रेष्ठ ,सजना नकर्मी, छटकुमारी भट्ट, अम्बिका केसी, लोककुमारी श्रेष्ठ, सबिता न्यौपाने, रिता आचार्य लगायत रहेका छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले सम्मानित हुने व्यक्तित्वहरूलाइ राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ प्रदान गर्नुभएको थियो।

सम्मानित व्यक्तिहरूलाई दुबोको माला र दोसल्ला सहित सम्मान पत्र हस्तान्त्रण गरिएको थियो। कार्यक्रममा बोल्दै मन्त्री महतोले पुर्व मेचि देखी पश्चिम महाकाली सम्मका महिलालाई एकै ठाउँमा सम्मान गर्न पाउदा खुसी व्यक्त गर्दै समाजमा पछि परेका महिला हक हितमा अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भयो। उहाँले समाजमा महिलामाथी हुने जघन्य अपराध र लैगिक हिंसाको अन्त्य हुनुपर्ने र त्यसका बिरूद्ध अठोटका साथ लाग्ने बताउनु भयो।

उक्त कार्यक्रममा माननिय पार्वती रावल ,जेष्ठ नागरिक कोषका पुर्व सभापती एवं राष्ट्रिय प्रेस क्लवका सभापती रामकृष्ण कर्मचार्य लगायतले बोल्नु भएको थियो ।

सम्मानित ब्यक्तित्व नेतृ बाँनियाँले सम्मानले महिला अधिकार र समाजसेवाका क्षेत्रमा थप काम गर्ने हौसला र जिम्मेवारी थपेको बताउनुभयो ।

सो अवसरमा बिभिन्न संघ संस्थाका पदाधिकारी ,समाजसेवी , राजनितीक दलका नेता लगायतको उपस्थिती रहेको थियो। ‘समान अधिकार–सम्मान अवसर, हिंसामूक्त समाज हामी सबैको सरोकार’ भन्ने मुल नारा लिएकोसस्थाले बिभिन्न अवसर पारेर सन्देशमुलक कार्यक्रम गर्दै आएको छ। बाल शिक्षा ,शान्ती र्र्याली, रक्तदान कार्यक्रम स्वास्थ्य शिविर बिपन्न तथा अनाथ बालबालिकालाइ शैक्षिक सामाग्री वितरण जस्ता काम निरन्तर गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्