प्रियंकाले जबअमेरिकीको घृणा भोगिन्



बलिउड अभिनेत्री प्रियंका चोपडा अन्तर्राष्ट्रिय स्टार बनिसकेकी छन्। सन् २००० मा मिस वल्र्ड जितेपछि फिल्म क्षेत्रमा लागेकी उनी दुई दशकभन्दा बढी समयको फिल्मी करिअरमा बलिउडमा मात्र नभई हलिउडमा पनि सफल नाम बनिसकेकी छिन्।

उनी अहिले जुन स्थानमा छिन्, त्यो स्थान हासिल गर्नका लागि उनले निकै संघर्षपूर्ण समय गुजारेकी छन्। प्रियंकाले हालै रिलिज गरेको पुस्तक अनफिनिस्डमा हलिउड डेब्युका क्रममा आफूले मानिसहरुबाट पाएको व्यवहारबारे स्मरण गर्दै किताबमा उल्लेख गरेकी छिन्– ‘कुरा सन् २०१२ को हो। जुन बेला मैले अमेरिकामा आफ्नो गीत इन माई सिटीको रिलिज गरेको थिएँ। म त्यति बेला अमेरिकाको त्यति ठूलो प्याटफर्ममार्फत गायनमा डेब्यु गरेकोमा निकै उत्साहित थिएँ। तर, मलाई त्यति बेला त्यहाँका मानिसहरुले जस्तो व्यवहार गरे, त्यसबाट म निकै दुःखी थिएँ। गाली गलौजले भरिएको मेल तथा ट्विटहरु आउन थालेपछि म जति उत्साहित थिएँ, त्योभन्दा बढी निराश भएकी थिएँ।’

‘उनीहरु मलाई अमेरिकीहरुको खेलमा खैरी आतंककारी के गरिरहेकी छे? मिडल इस्ट गएर बुर्का लगाएर बस भनेर मेलहरु पठाउने गर्थे। जुन कुरा मैले भोगें, आज यतिका वर्षपछि मलाई ती कुराहरु लेख्न पनि गाह्रो भइरहेको छ कि उनीहरु मलाई आफ्नो देशमा गएर सामूहिक बलात्कार गर भन्नेसम्मका मेल पठाउने गर्थे।’ –प्रियंकाले उल्लेख गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्