द्वन्द्वको कथामा छोटा फिल्म



आठ वर्ष प्रहरी सेवामा रही हाल अमेरिकामा रहेका सिनसुमेश श्रेष्ठले माओवादी द्वन्द्वकालका बेला आफूले देखेको सुनेको कुरालाई अ कोल्ड हार्ट र अ साइलेन्ट रिभेन्ज नामको दुइ लघु फिल्मका रूपमा उतारेका छन्।

श्रेष्ठले आप्mना पुराना सहपाठी तथा पत्रकार र कलाकारबीच दुवै लघु फिल्मको प्रिमियर शो गरेका छन्। फिल्मको प्रिमियरअघि निर्देशक श्रेष्ठले भने– ‘द्वन्दकालका बेला माओवादी र प्रहरी दुवैतिरबाट कोही शोषित, पीडित थिए भने त्यो सोझासाझा, निमुखा नेपाली जनता नै थिए र म प्रहरी सेवामा रहँदाको त्यही अनुभव, सुनेका कुरालाई आफू पनि कलाकारितामा आकर्षित भएकाले गर्दा धेरै वर्षदेखि फिल्मका रूपमा ल्याउने सोचलाई यसमा उतारेको छु।’

फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन सिनसुमेश श्रेष्ठको रहेको छ भने निर्माण एभरेस्ट थापा र सिनसुमेश श्रेष्ठको रहेको छ। त्यस्तै शरद महतोको छायांकन र पासाङ दावा शेर्पाको सम्पादन रहेको छ। अ साइलेन्ट रिभेन्जमा प्रवीण खतिवडा, सारा जे अधिकारी, रोय श्रेष्ठ, सविर चुरौटे, सुभास खड्का, प्रेम क्षेत्री, राजेश विश्वकर्मा, सिनसुमेश श्रेष्ठ र बाल कलाकार संगम राईको अभिनय रहेको छ भने अ कोल्ड हार्टमा प्रवीण खतिवडा, पशुपति राई सोनामसिङ लामा, सुभास खड्का अमर क्षेत्री र प्रेम क्षेत्रीको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्