चक्रपथ सफाइलाई निरन्तरता



काठमाडौं, (नेस) ।

कोरोनाका कारण केही समय रोकिएको चक्रपथ सरसफाइ अभियान शनिबारबाट शुरु भएको छ ।चक्रपथ सरसफाइ अभियन्ता ताराबहादुर कुँवरले आफ्नो जन्मदिन पारेर फेरि सामाजिक कार्यलाई निरन्तरता दिनुभएको छ ।

सफाइ अभियान १९६औं हप्तामा प्रवेश गरेको अवसर पारेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय स्वयंसेवीलगायत चार दर्जनको सहभागितामा सीतापाइलाचोकदेखि कलंकीसम्म सफाइ गरिएको थियो ।

अभियन्ता कुँवरले सफाइ कार्यलाई निरन्तरता दिने बताउनुभएको छ । हप्ताको दुई घण्टा सामाजिक उत्तरदायित्वअन्तर्गत आफूले चक्रपथ सफाइ अभियान थालेको उहाँको भनाइ छ । कुँवरको अभियानलाई साथ दिन गायिका ऋतु कँडेल, निजी विद्यालयका शिक्षक, विद्यार्थी तथा विभिन्न मिडियाका सञ्चारकर्मी पनि सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्