स्वर्णिम विश्वविद्यालयको सूचना केन्द्र काठमाडौंमा



काठमाडौं, (नेस) ।

भारतको गुजरातको स्वर्णिम स्टार्टअप एन्ड इनोभेसन विश्वविद्यालयको सूचना केन्द्र काठमाडौंको न्युरोडमा शुभारम्भ गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच विश्वविद्यालयका उपाध्यक्ष आदिकुमार ऋषभकुमार जैनले सूचना केन्द्रको शुभारम्भ गर्नुभएको थियो ।

सो विश्वविद्यालय भारतको उत्कृष्ट ५० मा पर्छ भने गुजरातको एआरआईआईए–२०२० मा उत्कृष्ट चार निजी विश्वविद्यालयमा गनिन्छ । सो विश्वविद्यालयले उद्यमशीलता शिक्षामा सर्वोत्कृष्ट विश्वविद्यालयको उपाधि जितेको छ ।इस्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले सञ्चालनमा ल्याएको सूचना केन्द्रमार्फत् उक्त विश्वविद्यालयबारे नियमितरूपमा जानकारी लिन सकिने जनाइएको छ । इस्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी सन् २०१६ देखि शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त शैक्षिक परामर्श सेवाप्रदायक केन्द्र हो । तर यस कन्सल्टेन्सीले २३ वर्षदेखि अन्तर्राष्ट्रिय शिक्षा, भिसा र प्रवासको सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्