निःशुल्क शिविरबाट ७ सय जना लाभान्वित



नेपाल समाचारपत्र, ललितपुर ।

ललितपुरमा लगातार ६ सातासम्म सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा करिब ७ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।ललितपुर महानगरपालिका–१६ ले अरनिको समाजसँग मिलेर माघ १७ देखि फागुन २२ गते शनिबारसम्म प्रत्येक साता वडाका विभिन्न स्थानमा सञ्चालित शिविरबाट सो संख्यामा मानिसहरु लाभान्वित भएका हुन् ।
शनिबार ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी सञ्चालित शिविरमा ९० वर्ष नाघेका तीन जनासहित १ सय ६० जना लाभान्वित भएको वडाका सदस्य एवं ज्येष्ठ नागरिक समितिका संयोजक पञ्चवज्र वज्राचार्यले जानकारी दिनुभयो । हिजो मधुमेह, पिसाब, पेट तथा कलेजो र जनरल रोगको जाँच गरिएको थियो ।कोरोना संक्रमण तीव्र गतिले फैलिरहेको बेला नियमित स्वास्थ्य परीक्षण गराउन नसकेका स्थानीयहरु शिविरबाट बढीभन्दा बढी लाभ लिएको पाइएको अरनिको समाजका अध्यक्ष डा। सर्वोत्तम श्रेष्ठले जानकारी दिनुभयो ।गत वर्ष चैत ११ देखि शुरु भएको लकडाउन, त्यसपछिको निषेधाज्ञा र कोरोनाको संक्रमण हुने डरले मानिसहरु अस्पताल, स्वास्थ्य क्लिनिकमा गएर जँचाउने संख्यामा कमी आएको थियो । त्यसमा पनि विशेषतः बालबालिका र ज्येष्ठ नागरिकहरु घरबाटै निस्किएका थिएनन् । यस्तो अवस्थामा आफ्नै घर, आँगनमा लगातार शिविरको कार्यक्रम समयको माग र आवश्यकतासिद्ध भएको देखिएको पनि वरिष्ठ नशारोग विशेषज्ञसमेत रहनुभएका समाजका अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँच र आर्थिकस्तर कमजोर भएका व्यक्तिहरुलाई लक्षित गरी वडाले स्वास्थ्य शिविर सञ्चालन गरेको वडाध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । ‘अरनिको समाजमा आबद्ध चिकित्सकसँग एकदिन भेटघाट हुँदा अहिले शिविरको खाँचो रहेको कुरा उठेको थियो । त्यसपछि वडा समितिको बैठक बसेर शिविर सञ्चालन गर्ने निर्णय ग¥यौं ।’ –उहाँले बताउनुभयो।गत माघ १७ गते मंगलबजारमा भएको पहिलो शिविरमा नशा तथा हाडजोर्नीको परीक्षण गरिएको थियो । दोस्रो माघ २४ गते बुबहालमा मुटु रोगसम्बन्धी, तेस्रो फागुन १ गते बालिफल ९अशोक हलमा० बाल तथा छाला रोग सम्बन्धी र चोथो फागुन ८ गते नागबहालमा स्त्रीरोगसम्बन्धी शिविर भएको थियो । पाँचौं फागुन १५ गते दौबहालमा पेट तथा कलेजोसम्बन्धी शिविर सञ्चालन गरिएको थियो । शिविरमा आवश्यकताअनुसार अल्टासाउन्डबाट जाँच पनि गरिएको थियो ।

प्रत्येक शिविरमा आवश्यकताअनुसार निःशुल्क औषधी वितरण गरिएको र ४५ वर्ष नाघेका ३० जना महिलाहरुको पायप्स्मेर परीक्षण गरिएको समाजका महासचिव डा। सुशील प्रजापतिले जानकारी दिनुभयो ।अभियानकै रुपमा ललितपुरको ‘कोर सिटी’मा लगातार स्वास्थ्य शिविर सञ्चालन भएको यो नै पहिलोपटक रहेको वडा र सम्बद्ध चिकित्सकहरुले दाबी गरेका छन् ।शिविरलगतै शिविरको समापन समारोहमा शिविरको सफलताका लागि सहयोग गर्ने चिकित्सक, नर्स, औषधी व्यवसायी, वडाको स्वास्थ्य कार्यान्वयन समिति, महापाल र धौैगलका स्वास्थ्य सेवक, व्यवस्थापन सहयोगी युवा स्वयंसेवक र सञ्चारकर्मीलाई प्रशंसापत्र प्रदान गरिएको थियोे । सो अवसरमा वडाका वडा सदस्य सुप्रभा शाक्यले शिविरको सफलताका लागि स्वास्थ्य स्वयं महिलाहरुको ज्ञान, अनुभव र सक्रियता पनि निकै महत्वपूर्ण भएको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्