भारतीय कम्पनीमा एक मिनेटमा झन्डै ६० हजार सिरिन्ज उत्पादन



Rajiv Nath, managing director of Hindustan Syringes & Medical Devices, who invested nearly $15 million to produce specialty syringes for COVID-19 vaccinations, at the company’s factory in Ballabgarh, India, Feb. 12, 2021. As countries jostle to secure enough vaccine doses to put an end to the COVID-19 outbreak, a second scramble is unfolding for syringes. (Rebecca Conway/The New York Times)

बल्लभगढ, (एजेन्सी)  ।

गत वर्षको नोभेम्बरमा विश्वकै सबैभन्दा ठूलो सिरिन्ज उत्पादनकर्तामध्ये एक भारतको हिन्दुस्तान सिरिन्जेज एन्ड मेडिकल भिाइसेजको इन्बक्समा एउटा अत्यन्तै जरूरी इमेल आइपुग्यो । त्यो इमेल संयुक्त राष्ट्र संघको बालबालिकाका लागि निकाय युनिसेफबाट हतार हतारमा सिरिन्ज प्राप्तिका लागि आएको थियो । फेरि माग गरिएका सिरिन्ज सामान्यभन्दा सानो तथा त्रुटिवश रिसाइक्लिंग नहोस् र रोग नसरोस् भन्ने उद्देश्यले ति सिरिन्ज प्रयोग गरिएपछि भाँचिनुपर्ने गरी बनाइनुपर्ने बताइएको थियो ।

त्योभन्दा ठूलो कुरा छोटो समयमै युनिसेफल निकै ठूलो संख्यामा त्यस्ता सिरिन्जको माग गरेको थियो । कम्पनीका व्यवस्थापन निर्देशक राजिव नाथले भनेका छन्– ‘मैले प्रस्ताव नकार्नै नसक्ने विचार गरेँ । करोडौं अमेरिकी डलर यस्ता सिरिन्ज बनाउने कारखानामा लगानी गर्ने तय भयो । हामीले अन्य कम्पनीले भन्दा अलि छिटो सिरिन्ज आपूर्ति गर्न सक्थ्यौं ।’हरेक मुलुक आफ्ना जनतालाई कोभिड–१९ विरूद्धको खोप लगाउन तयारी गरिरहेको अवस्थामा यसरी सिरिन्जको अप्रत्यासित माग बढेको थियो । सिरिन्जकै अभावमा स्वास्थकर्मीहरूलाई खोप भएर पनि त्यसको सही प्रयोजन गर्ने काय सम्भव भइरहेको थिएन । संयुक्त राज्य अमेरिका र युरोेपेली संघ (ईयू) ले आफूहरूसँग प्रशस्त सिरिन्ज नभएको स्विकारिसकेका छन् । यहि कुरालाई मध्यनजर राखेर हिन्दुस्तान सिरिन्जेजले हाल प्रतिमिनेट ५ हजार ९ सय वटा भन्दा बढि सिरिन्ज उत्पादन गर्दै आएको छ ।

यसबारे निर्देशक नाथ भन्छन्, ‘राजधानी नयाँदिल्ली नजिकको एउटा धुलौटो औद्योगिक जिल्लामा एघार एकड जमिनमा फैलिएका हाम्रो कारखानाहरूमा ५ सय जना कामदार एकै मिनेटमा ५ हजार ९ सय वटाभन्दा बढि सिरिन्जि उत्पदन कार्यमा निरन्तर लागिपरेका छन् । आइतबार र अन्य सार्वजनिक बिदाका दिन बाहेक खुल्ने यस कम्पनीले बर्सेनी झन्डै २ अर्व ५० करोड वटा सिरिन्ज उत्पादन गर्ने गरेको छ । तर, आगामी जुलाईसम्ममा यो लक्ष्य बढाएर ३ अर्ब सम्म पु¥याउने हाम्रो योजना रहेको छ ।’हिन्दुस्तान सिरिन्जेजले लामो समयदेखि युनिसेफ खोप कार्यक्रमहरूका लागि आवश्यक सिरिन्ज उपलब्ध गराउँदै आएको छ । गरिब मुलुकहरूमा सिरिन्जको दोहोरो प्रयोगको कारण एचआईभी र र हेपाटाइसिस जस्ता प्राणघातक रोग सर्ने सम्भावना बढि रहेको छ । फाइजर–बायोटेक खोपका लागि विशेष प्रकारको सिरिन्ज चाहिने कुरा गत महिना मात्र जापानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्