कोभ्याक्स सुविधाअन्र्तगत ३ लाख ४८ हजार खोप आउँदै



काठमाडौं, नेस ।

विश्व स्वास्थ संगठनले उपलब्ध गराउने कोभ्याक्सको सुविधाअन्तर्गतको ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आइतबार नेपाल आउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्सको पहिलो खेप आइतबार सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताउनुभयो । नेपालमा दोस्रो चरणको खोप अभियान सञ्चालन गरेसँगै यो खोप भित्रिनु सकारात्मक भएको स्वास्थ्यमन्त्रीेले बताउनुभयो ।

संगठनले कोभ्याक्स सुविधाअन्तर्गत निःशुल्करुपमा प्राप्त हुने उक्त खोप नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी १ करोड ३० लाख डोज उपलब्ध गराउने प्रतिबद्धता गरेको छ ।कोभ्याक्सले हाल नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नै नेपाललाई उपलब्ध गराउन लागेको हो ।विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रमअन्तर्गत विश्वका २० देशमा करिब २ करोड डोज खोप पठाइएकोे जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्