जिल्ला कारागार सल्यानमा एक कैदीको मृत्यु



न्युज अफ नेपाल, सल्यान।

जिल्ला कारागार सल्यानका एक जना कैदिको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका जिल्लाको कपुरकोट गाउँपालिका ५ का ८४ बर्षका जिब लाल बोहराको मृत्यु भएको जिल्ला कारागार सल्यानले जनाएको छ ।

जबरजस्ती करणी मुद्धामा फरार भएका बोहरा गएकोे माघ ८ गते मात्र पक्राउ परेका थिए । गएको फाल्गुन १६ गते बाट उनको स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको थियो । बोहराको शनिबार दिउसो उपचारकै क्रममा मृत्यु भएको जेलर बल बहादुर केसीले जानकारी दिनु भयो । जेलर केसीका अनुसार बोहराको लास आफन्तको जिम्मा लगाईसकिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्