दुई दशकपछि काठमाडौं आइपुग्यो मेलम्चीको पानी



न्युज अफ नेपाल, काठमाडौं ।

बर्षौको प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं आइपुगेको छ । शनिबार साँझ काठमाडौंको सुन्दरीजलमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेपछि मेलम्चीको पानी काठमाडौं प्रवेश गरेको हो । यसअघि फागुन १० गते दोस्रोपटक सुरुङमा हालिएको थियो ।

झण्डै दुई दशकअघि सुरु भएको आयोजनाको काम अब अन्तिम चरणमा छ । आगामी चैत्रभित्रै काठमाडौंका बासिन्दा मेलम्चीको पानी उपयोग गर्न पाउने आयोजनाले जनाएको छ ।आज सुन्दरीजलमा पानी झरेपनि फोहोर भएका कारण बागमतिमा झारिएको छ ।

प्रतिक्रिया दिनुहोस्