गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुगे विप्लव



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुल्चोकस्थित् मन्त्रिक्वार्टर पुगेका छन् ।उनीहरुबीच सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे कुराकानी हुने जनाइएको छ ।

सरकारसँग सम्झौतामा भएलगत्तै विप्लव समूह माथि लगाइएको प्रतिबन्ध हट्नुका साथै नेता कार्यकर्ता रिहा हुने निर्णय भएको थियो । जस अनुसार समूहका सचिवालय सदस्य धर्मेन्द्र वास्तोलालगाएत धेरै जसो कार्यकर्ता शुक्रबार नै रिहा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्