ओली समूहको संसदीय दलको बैठक आज बस्दै



न्युज अफ नेपाल, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओली समूहको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बाल्वाटारमा बस्ने जनाइएको छ ।

ओली समूहको आजको बैठकले प्रतिनिधिसभाको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने बताइएको छ । बैठकमा प्रचण्ड–माधव समूहका सांसदहरुलाई पनि एसएमएस पठाएर बैठकमा सहभागी हुन जानकारी गराइएको छ ।

यस्तै, शुक्रबार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठकले आफ्ना पक्षमा रहेका १११ सांसदको हस्ताक्षर संकलन गरेको जानकारी दिएको छ । बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्