शर्माको प्रश्न : ‘अब कोही नेपाली मारिने छैनन् भनेर साझा उद्घोष गर्ने बेला भएन कमरेडहरू ?’



न्युज अफ नेपाल, काठमाडौँ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव नेतृत्वको नेकपाले सरकारलाई हातहतियार बुझाउने विषयमा सहमति नभएकोप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले सरकार र विप्लवबीच भएको सम्भौतामा हतियार बुझाउने बुँदा नभएकोमा भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ ।’

यस्तै, शर्माले अब कोही नेपाली मारिने छैनन् भन्दै उद्घोष गर्ने बेला भएको जनाएका छन् । ‘नेपालको पूरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न, ‘०२८ मा केपी–सिपी, ०५२ मा प्रचण्ड–बाबुराम, अहिले विप्लव–प्रकाण्ड, सबैको नाम र काम उस्तै, परिणाम उस्तै । कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन् भनेर साझा उद्घोष गर्ने वेला भएन कमरेडहरू ?’ शर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्