एभरेष्ट डोर इन्डष्ट्रिजमा आगलागी, ९ करोड बढीको क्षति



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको सुदोधन गाउँपालिका ३ मा संचालित यस क्षेत्रकै ठुलो एभरेष्ट डोर इन्डष्ट्रिज प्रालि र के इन्टरनेशनलमा आगलागी हुदाँ करोडौ मुल्य बराबरको सामान जलेर नष्ट भएको छ ।

आज विहान ५ वजेको समयमा उद्योगमा लागेको आगो ५ वटा दमकलको सहयोगमा ५ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । विगत ३ वर्ष देखि संचालनमा रहेको उक्त उद्योगमा तयारी अवस्थामा रहेका सामान र कच्चा पदार्थ , मेशिन औजार पूर्ण रुपमा जलेको र प्रारम्भिक तथ्याक अनुसार ९ करोड बढीको क्षती भएको उद्योगका संचालक सूर्य प्रसाद खनालले बताउनु भयो ।

६५ जना कामदारलाई रोजगारी दिएको उक्त उद्योगले उत्पादन गरेको सामान काठमाडौ ,पोखरा, चितवन, दाङ, परासी, कपिलवस्तु ,रुपन्देहीका प्रमुख शहरमा विक्री हुने गरेको संचालक खनालले बताउनु भयो । विद्युत सटभएर आगलागी भएको आशंका प्रहरीले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्