विप्लव काठमाडौं प्रवेश, प्रधानमन्त्री भेट्न बालुवाटार पुगे



न्युज अफ नेपाल ,काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट निजी गाडी चढेर काठमाडौं आइपुगेका छन् ।

दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् ।  सम्वोधन अघि प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ताका लागी बालुवाटारमा पुगेका छन् ।

विप्लव समूहका एक नेताले भने–‘बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ त्यसपछि उनी कार्यक्रम स्थलमा जाने बताएका छन्  । प्रधानमन्त्री र विप्लवको बिचमा संयुक्त समारोहलाई संवोधन गरिने विषयमा साझा धारणा तय गर्नेबारे छलफल हुने बताइएको छ ।सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्