म्यानमार नरसंहारको विरोधमा तीनवटा औंला देखाएर प्रदर्शन



न्युज अफ नेपाल , काठमाडौं ।

म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ ।

नागरिक आन्दोलनको अगुवाइमा ललितपुरको नख्खुस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शनकारीले म्यानमारका जनताले जस्तै तीनवटा औंला देखाएर प्रदर्शन गरेका थिए । तीन औंलाले स्वतन्त्रता, समानता र ऐक्यबद्धताको संकेत गर्दछ ।उनीहरुले म्यानमारका जनताको आन्दोलनमा नेपालीहरुको ऐक्यबद्धता रहेको सन्देशयुक्त प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा डा. गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतको सहभागीता छ ।

प्रतिक्रिया दिनुहोस्