विप्लव नवलपरासीबाट काठमाडौं आउँदै



काठमाडौं । भूमिगतपछि नेत्रविक्रम चन्द विप्लवको पहिलो तस्बिर सार्वजनिक भएका छन् । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपछि सम्बोधन गर्न काठमाडौं आउने क्रममा विप्लव नवलपरासीमा सार्वजनिक भएका हुन् ।

जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेका अनुसार विप्लवले नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरि काठमाडौं आउँदैछन् ।सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि इन्कार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन् । आज प्रधानमन्त्री केपी ओली र विप्लवले एकै मञ्‍चबाट सम्बोधन गर्दै छन् । बिहीबार तीन बुँदे सहमतिसँगै आज दिउँसो २ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमबीच सम्बोधन गर्न लागेका हुन् ।

सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्