विप्लव समूहका नेता धर्मेन्द्र वास्तोला रिहा



मोतिराम तिमल्सिना, काभ्रे ।

विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला रिहा भएका छन् । सरकार र विप्लव नेकपाबीच सहमति भएसँगै जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका वास्तोला शुक्रबार बिहान रिहा भएका हुन् ।

फागुन १० गते सर्वोचच अदालतले रिहा गर्न आदेश दिएलगत्तै वास्तोलालाई अदालत परिसरबाटै पुन: पक्राउ गरिएको थियो । उनी संगठीत अपराध अन्तर्गत पक्राउ परेका थिए । यसअघि, वास्तोलालाई काठमाडौँ प्रहरी हिरातमा ५ दिन, ललितपुर प्रहरी हिरासतमा २० दिन र धरान प्रहरी हिरासतमा १० दिन राखिएको थियो ।

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएलगत्तै विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउनुको साथसाथै पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्ने निर्णय भएको थियो ।

रिहा भएका वास्तोलाले सञ्चारकर्मी र कार्याकर्तासँग कुराकानि गर्दै राजनीतिक रुपले समस्या समाधान गर्ने विषयमा कुरामिलेकाले आफ्नो पार्टी शान्तिप्रक्रियामा आएको बताएका छन् । ‘बन्दूकले राजनीति नियन्त्रण हुँदैन’, उनले भने,’ राजनीतिक सहमति भएसँगै शान्तिप्रक्रियामा आउन सहमत भएका हौँ ।’

प्रतिक्रिया दिनुहोस्