जनप्रतिधिको उजुरी, वडाध्यक्षसँग दोहोरो नागरिकता



हरिहर नेपाल, विराटनगर ।

मोरङको सुनवर्षी नगरपालिका–८ का वडाध्यक्ष नुरुल मियाँसँग दोहोरो नागरिकता रहेको पाइएको छ । मियाँको नेपाल र भारतको दोहोरो नागरिकता रहेको खुलेको हो । वडाअध्यक्ष मियाँले ७०५४९२०३५५७० ‘क’ भीआईडी ९१२३८१११८८५३४५० नम्बरको आधारकार्ड रहेको छ ।

वडाध्यक्ष मियाँले व्यवसाय गरेपछि बैंकमा खाता खोलेको बताउँदै अहिले ठेक्कापट्टालगायतका विषयमा जोडिएका केही व्यक्तिहरुले अनावश्यक उचालेर प्रभावित बनाउन खोजेको बताउनुभयो । उहाँले दिल्लीमा बस्दा आधार कार्ड बनाएको स्वीकार गर्दै आफू भारतीय नागरिक नभएको जिकिर गर्नुभयो । आधार कार्ड बनाएपछि बस्नका लागि सहज हुने भएका कारण बनाएको बताउँदै अध्यक्ष मियाँले भारतीय नागरिक भएको पुष्टि हुने अन्य कागजात नभएको दाबी गर्नुभयो ।

उहाँको आधारकार्डमा १९७९–१–१ लेखिएको छ । नेपाली नागरिकतामा भने नुरुलको जन्म २०३६ वैशाख २० गते लेखिएको छ । उक्त नागरिकता ६११८ नम्बरको र जारी मिति २०५५ असार ५ गते भएको पाइएको छ । आधारकार्डका आधारमा भारतको फिनो पेमेन्टस बैंकमा २०००२७६३७३२ नम्बरको आफ्नो बैंक खातासमेत सञ्चालन गरेर सन् २०१८ डिसेम्बर ५ तारिख (२०७५ मंसिर १९) मा एटीएमसमेत लिएको देखिन्छ । उहाँले बैंकमा ९०६५६८८१९८ नम्बरको भारतीय सम्पर्क नम्बर राखेको पाइन्छ । सो बैंक खातामा नुरुलको ठेगाना मातारा मियाँ सोनापुर–८ अररिया देखिन्छ ।

यता नेपालमा पनि नुरुल मियाँको नाममा वंशजकै नागरिकता रहेको छ । उहाँले वंशजको नागरिकता लिएको देखिएको छ । आधार कार्डको आधारमा भारतीय बैंकहरुमा खाता खोलेर एटीएम, भारतबाटै सिमकार्ड निकालेर प्रयोग गरेको देखिन्छ ।स्थानीय युवा इस्तियाज आलम र वडा सदस्यहरुकै सक्रियतामा माघ २६ गते जिल्ला प्रशासन कार्यालय मोरङमा नुरुल मियाँको दोहोरो नागरिकताबारे छानबिन गरी कारबाहीको माग गर्दै उजुरी हालेका छन् । नुरुलले भारतको नागरिकताबाट त्यहाँको सुविधा प्रयोग गर्दै नेपाली नागरिक हुँ भन्दै झुटो विवरणको आधारमा नेपाली नागरिकता लिएकाले नेपाली नागरिकता ऐन–२०६३ दफा १० अनुसार नेपाली नागरिकता बदर गरी ऐनको दफा २१ बमोजिम कारबाही गर्न उनीहरुले पत्रकार सम्मेलन गरी माग गरेका छन् ।

विपक्षमा लाग्दा नगर प्रमुखले गरे कर्मचारी बर्खास्त

प्रतिक्रिया दिनुहोस्