नेप्सेमा ९० अंकको छलाङ



काठमाडौं, नेस ।

लगातार ओरालो लागेको शेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार भने उच्च अंकले वृद्धि भएको छ । यस दिन नेप्से ९० दशमलव ६७ अंकले बढेर २५०६ दशमलव ६८ बिन्दुमा पुगेको छ । परिसूचक वृद्धिसँगै नेप्सेमा सूचकिृत कम्पनीको कुल बजार पुँजीकरण ३४ अर्ब ५३ अर्ब ७४ करोड ३६ लाख रुपियाँ पुगेको छ ।

कुल २०६ कम्पनीको एक करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर ६ अर्ब ५ करोड ८१ लाख रुपियाँमा कारोबार भएको छ । बिहीबार १३ वटै समूहको सूचक बढेका छन् । यस दिन कारोबार रकमका आधारमा नेपाल पूर्वाधार बैंक अगाडि रहेको छ । सो बैंकको शेयर ५३ करोड २३ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ । यस्तै शिखर इन्स्योरेन्सको २४ करोड ४४ लाख, नविल बैंकको २० करोड १७ लाख, नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ८३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ९६ लाख, ग्लोबल आइएमई बैंकको १७ करोड ४४ लाख र नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ९७ लाख रुपियाँको शेयर किनबेच भएको छ ।

त्यस्तै बिहीबार सूर्योदय लघुवित्त, लिबर्टी इनर्जी र चन्द्रागिरि हिल्सका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाएका छन् । साथै किसान लघुवित्त, इन्फिनिटी लघुवित्त, हिमालयन पावर पार्टनर, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेशनल हाइड्रो पावर कम्पनी, निर्धन उत्थान लघुवित्त र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले ९।प्रतिशतभन्दा बढीले कमाएका छन् । यता एनएमबी–५०, आइसीएफसी फाइनान्स डिबेञ्चर, ग्लोबल आइएमई समुन्नत स्किम, सोल्टी होटल, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर, नविल इक्विटी फन्डका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्