तीनवटा अनिवार्यडिश होमबाट मेयर कपको प्रत्यक्ष प्रसारण हुने



काठमाडौं, नेस 

नेपाल क्रिकेट संघद्वारा आयोजित मेयर कप पुरुष एक दिवसीय,२०७७ प्रत्यक्ष प्रसारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । कीर्तिपुर तथा मुलपानी मैदानमा फाल्गुन २२ बाट शुरु हुने मेयर कप पुरुष एक दिवसीय, २०७७ मा तीन विभागीय टोली, १ बागमती टोली र काठमाडौ महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

फाल्गुन २९ गतेसम्म चल्ने प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागीयटोली र १ काठमाडौ महानगरपालिका गरी सहभागी ५ टाली रहेको छ । दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ । यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमाको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्