‘खोप खरिदका लागि बजेट अभाव छैन’



नेपाल समाचारपत्र, बुटवल ।

अर्थमन्त्री विष्णु पौडेलले कोरोना खोप खरिदका लागि बजेट अभाव नभएको बताउनुभएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै पौडेलले सो दाबी गर्नुभएको हो

त्यसक्रममा अर्थमन्त्री पौडेलले तिलोत्तमालाई महानगर बनाएर छाड्ने दाबी पनि गर्नुभयो । तिलोत्तमालाई केन्द्र बनाएर सैनामैना, देवदह र सिद्धार्थनगरलाई जोडेर महानगर बनाउने उहाँको भनाइ थियो । सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि टेन्डर आह्वान गर्ने चरणमा पुगेको भन्दै उनले कालीगण्डकी तिनाउ डाइभर्सन पनि छिट्टै कार्यान्वयन हुने बताउनुभयो ।

कार्यक्रममा रुपन्देही–१ का सांसद छविलाल विश्वकर्मा, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेश सांसदहरु भोजप्रसाद श्रेष्ठ, रमा अर्याललगायतले धारणा राख्नु भएको थियो । तिलोत्तमा–६ कुन्जलापुरमा ८ बिघा क्षेत्रफलमा ६ करोड ४२ लाख लागतमा नगरपालिकाको प्रशासकीय भवन बनेको हो ।

प्रतिक्रिया दिनुहोस्