आँधी तुफानको सिक्वेल बन्दै



निर्माता तथा लेखक मौनता श्रेष्ठले एक दशकअघि निर्माण गरेको फिल्म आँधी तुफानको सिक्वेलस्वरुप आँधी तुफान–२ निर्माण घोषणा गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरिएको हो।

फिल्म निर्माता तथा लेखक मौनता श्रेष्ठले नै निर्माण गर्न लागेका हुन्। उनले एक सय बढी फिल्म लेखेका छन्। मदन घिमिरेको निर्देशनमा बन्ने फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराल, कनिज कोइराला, सञ्जय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रूपा केसी, सरोज दाहाल, बिन्दिया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतले अभिनय गर्नेछन्।
थ्रिलर र सस्पेन्स विषयमा भरपुर नारी एक्सन समेटिएर फिल्म निर्माण हुन लागेको निर्देशक मदन घिमिरेले बताए।

अगामी चैतको पहिलो साताबाट छायांकनमा जाने फिल्ममा रामशरण उप्रेतीको छायांकन, पे्रम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर र कमल राईको नृत्य रहनेछ।कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका महासचिव रोज राणा, वितरक निर्माता गोपाल कायस्थ, निर्माता तथा चलचित्र वितरक सुशील पोखरेललगायतले फिल्मको सफलताका लागि शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्