नाफमा १८ फिल्म



कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजनामा नवौं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१ (नाफ २०२१) का लागि नेपाली र अफ्रिकन फिल्म चयन भएका छन्।

महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार विश्वव्यापी कोरोना संक्रमणका कारण यो वर्ष विगतको भन्दा केही ढिला महोत्सव आयोजना हुन लागेको हो। महोत्सव यसपटक आगामी नयाँ वर्षको अवसर पारेर वैशाख १० देखि १२ गतेसम्म राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको मिनी हलमा आयोजना गरिनेछ। नेपाल र अफ्रिकी महादीपलाई फिल्मको माध्यमबाट सांस्कृतिकरूपमा जोड्न र आपसी सांस्कृतिक आदन–प्रदानका लागि महोत्सव आयोजना गर्दै आएको उनले बताइन्।
महोत्सवमा नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त करिब ७० फिल्ममध्येबाट निर्णायक समूहले जम्मा १८ लामा र छोटा फिल्म चयन गरेको छ। जसमा फिल्म, लघु फिल्म र वृत्तचित्र रहेको महोत्सव आयोजक डा. मिश्रले जानकारी गराइन्।

नेपाल अफ्रिका फिल्म फेस्टिवलका निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सवमा नेपालबाट ७ फिल्म चयन भएका छन्। निर्देशक गणेश पाण्डेको को हज्बेन्ड, निर्देशक हिमाल उप्रेतीको आमा, निर्देशक माधवराज खरेलको दुर्गामान्डु, गणेशजंग रावलको सम्साया, सजल लोप्चनको गाइड, पुरुषोत्तम बस्नेतको सुरक्षा, निपिल शर्माको द फाइनल फेयर वेल र युनिषराज उप्रेतीको बाटोमा नेपालबाट चयन भएका हुन्।

प्रतिक्रिया दिनुहोस्