तिम्रो हुने कहिले सार्वजनिक



राजधानीमा आयोजित एक समारोहबीच फिल्म तिम्रो हुने कहिले? को शीर्ष गीत सार्वजनिक गरिएको छ। रोमान्टिक भावको युगल गीतमा गायक बबुल गिरी र सुजाता केसीले स्वर दिएका छन्।

गीतमा शब्द, संगीत र संगीत संयोजन बबुल गिरीको छ। चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको गीतको भिडियो क्लासिक फार्म मुभीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा प्रकाश चन्द, मौसमी ओली, कारण पाण्डे, सविन बास्तोला, शारदा गिरी, मीना जिसी, सुधन धिताल, मुस्कान रेग्मी, मोहन घिमिरे, सुपा खनाल, ललितसिंह साउद, शेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी, कंगना बस्नेत, सरोज मानन्धरलगायतले अभिनय गरेका छन्।

भिडियोमा कोरियोग्राफी सुरेश पाण्डे र सुनीता बस्नेतको छ भने छायांकन रामकृष्ण चौलागाईं र सम्पादन ललितसिंह साउदको रहेको छ। राजु गिरीको कथा तथा निर्देशन रहेको फिल्म श्याम खत्रीले निर्माण गरेका हुन्। फिल्म आगामी वैशाख १० गतेबाट प्रदर्शनमा आउने बतााइएको छ। सार्वजनिक कार्यक्रममा अतिथिहरूले चलचित्रलाई सफलताको शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्