१६ अर्बको लागतमा स्र्पोटस पार्क बन्दै



यमलाल भुसाल, बुटवल  ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ६० हजार दर्शक अटाउने क्षमताको अन्तराष्ट्रियस्तरको स्र्पोटस् पार्क बन्ने भएको छ । उक्त स्र्पोट्स पार्कमा साफमा खेलाइने सबै खेल एकै साथ खेलाउन सकिनेछ । नेपालमै पहिलो र नमुनाका रूपमा लिइएको स्र्पोटस् पार्क निर्माण सम्पन्न भएसँगै खेलकुद पर्यटनको विकास हुने अपेक्षा लिइएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को तिनाउ तटीय क्षेत्रमा स्र्पोट्स पार्क निर्माण सम्पन्न गर्न १६ अर्ब रुपैया“ लाग्ने भएको छ । स्र्पोट्स पार्कको गुरुयोजना बिहीबार अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा सार्वजनिक गरिएको हो । कुल ६५ बिघा क्षेत्रफलमा निर्माण हुने स्र्पोटस् पार्कमा आधुनिक र प्रविधियुक्त शैलीका कभर्डहल र रंगशाला निर्माण गरिनेछ । स्र्पोटस् पार्कमा साफमा खेलिने कुल २८ खेलमध्ये गल्फ र बोटिङ बाहेकका २६ खेल एकैसाथ खेलाउन सकिनेछ ।
।राति र दिउसो जुनसुकै समयमा पनि खेल्न मिल्नेगरी निर्माण हुन थालेको स्र्पोटस पार्कमा फुटबल, क्रिकेट, ब्याडमिन्टन, एथलेटिक्स, आर्चरी, बास्केटबल, बक्सीङ साईक्लिङ, डाईभिङ, फिसिङ, हकी, भलिबल, जुडो, हेन्डबल, कबड्डी, कराते, खोखो खेल्न सकिने छ । त्यस्तै शुटिङ, पौडी, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, कुस्ती, उसु, भारोत्तोलन पनि खेल्न सकिनेछ ।

स्र्पोटस पार्कको गुरुयोजना क्राउन डिजाइन एन्ड रिचर्स सेन्टर ललितपुरले तयार गरेको इन्जिनियर सुनील लम्सालले सार्वजनिक गर्नुभयोे । २ सय महिला ४ सय पुरुष गरी ६ सय विभिन्न खेलकुदका विद्यार्थीलाई आवासीय रूपमा राख्न सकिने गरी एकेडेमीको पनि निर्माण हुनेछ । १० हजार सवारी साधन पार्किङ गर्न मिल्नेगरी गुरुयोजना बनाएको तिलोत्तमा स्र्पोटस पार्क निर्माण समितिका अध्यक्ष दीपक पाठकले बताउनुभयो ।स्र्पोटस पार्क तिनाउ नदी तटीय क्षेत्रमा निर्माण गर्न लागिएकोले बाढीको खतरा भने कायमै रहेकोले नदी तटिय क्षेत्रमा रिटेनिङ वाल लगाउन जरुरी रहेको इन्जिनियर सुनिल लम्सालले बताउनुभयो । गुरुयोजना सार्वजनिक समारोहमा अर्थमन्त्री विष्णु पौडेलले निकै महŒवपूर्ण आयोजना सम्पन्न गर्न लाग्ने रकमको सवालमा सरकार गम्भीर हुने धारणा राख्नुभयो । अर्थमन्त्री पौडेलले बजेटको अभाव हुन नदिने र समयमै निर्माण हुनेगरी आयोजनामा जुट्न आह्वान समेत गर्नुभयो ।

१० वर्षमा निर्माण सम्पन्न गर्ने गरी गुरुयोजना तयार गरिएको स्र्पोटस पार्क निर्माणका लागि आवश्यक पर्ने आर्थिक रकम सरकार र स्थानिय तहले व्यवस्थापन गर्न सकेमा र समयमै निर्माण गर्न सके रूपन्देहीको मात्र नभई नेपालकै खेलकुद क्षेत्रको विकासका लागि स्र्पोटस पार्क कोशेढुंगा साबित हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्