बदाम खाँदाको फाइदा



घाम ताप्दै बदाम खानुमा विशेष मज्जा हुन्छ । बदाम जति स्वादिलो हुन्छ, त्यसका फाइदा पनि त्यति नै छन् । बदाममा प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले सबै उमेर समूहका व्यक्तिलाई बदामबाट फाइदा मिल्छ । बढ्दो उमेर समूहका बालबालिकालाई नियमित बदाम खुवाउँदा उनीहरुको मानसिक तथा शारीरिक विकासमा फाइदा पुग्छ ।

बदाममा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । जसले शारीरिक वृद्धिमा सहयोग गर्छ । प्रोटिनका लागि शाकाहारीले अण्डाको साटो बदाम खान सक्छन् । यसको सेवनबाट एन्टी–अक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ । यसले तनावलाई कम गर्न मद्दत गर्छ । यसमा फोलेट नामक तत्व पनि पाइन्छ । यो गर्भवती महिला र भू्रणका लागि फाइदाजनक छ । बदामले दिमागलाई तेजिलो बनाउन मद्दत गर्छ । खाँदा छाला नरम, चम्किलो र सुन्दर बन्छ । बढ्दो उमेर समूहका केटाकेटीहरुलाई नियमित बदाम खुवाउँदा उनीहरुको शारीरिक तथा मानसिक विकास राम्रो हुन्छ । यसको तेलले कपाल मालिस गर्दा कपाल झर्नबाट बच्छ ।

बदाम खाँदा पेट छिटो डुम्म हुने भएकोले अन्य क्यालोरीयुक्त चिल्लो पदार्थ भएको खानेकुरा खाने इच्छा हुँदैन । धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल घट्ने सम्भावना हुन्छ । मोटा मानिसले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन् ।बदाममा ‘फाइटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ । फाइटोस्टेरोलले आधारभूतरुपमा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ । कोलेस्टोरल तह नियन्त्रण गर्छ । बदाममा हुने असंतृप्त फ्याटी एसिडको प्रचुरताका कारण शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गरी विभिन्न प्रकारका रोगको जोखिमबाट बचाउँछ ।
– सुमन नागरी, डोटी 

प्रतिक्रिया दिनुहोस्