तेश्रोलिंगी पूर्व सैनिक मृत्तावस्थामा भेटिइन्



सोल, (एजेन्सी) । 

दक्षिण कोरियाका पहिलो तेश्रोलिंगी सैनिकलाई उनकै निवासमा मृत अवस्थामा फेला पारिएको छ । उनलाई गोप्य अंगको शल्यक्रियाका लागि सेनाबाट छुट्टी दिइएको थियो । तर, तेश्रोलिंगी अधिकारवादी अभियनता समेत रहेका बाइयुन हि–सूको कसरी मृत्यु भयो भन्ने अझै थाहा हुन सकेको छैन ।आफूलाई सेनाबाट निकालिएका कारण उनले गत वर्षको जनवरीमा सेनाविरूद्ध ऐतिहासिक कानुनी चुनौती दिएकी थिइन् ।

तर, उनले आफूलाई पुनः सेनामा जागिर दिइयोस् भनेर राखेको अपिल गत जुलाईमा अदालतले अस्विकार गरेको थियो । दक्षिण कोरिया यौनिक पहिचानको विषयमा निकै रूढीवादी मुलुक मानिन्छ । २३ वर्षिया हि–सू राजधानी सोलदेखि उत्तरमा पर्ने गिओन्गी प्रान्तस्थित आफ्नै घरमा एउटा मानसिक स्वास्थ केन्द«बाट उपचार र परामर्श लिँदै आएकी थिइन् ।२८ फ्रेब्रुअरीदेखि उनीसँग सम्पर्क हुन नसकेपछि उनका परामर्शदाताले आपतकालीन सेवालाई उजुरी गरेका थिए । उनको यस घटनाले फौजमा तेश्रोलिंगीहरूको लिंग उपचार विषय नै विवादास्पद हुन पुगेको छ ।

उनले विगतमा आफू तेश्रोलिंगी भएक पनि देश रक्षाका लागि आफू पनि महान सैनिक बनेर देखाउन चाहेको कुरा पत्रकारहरूलाई बताएकी थिइन् ।गत डिसेम्बरमा कोरियाको राष्ट्रिय मानव अधिकार आयोगले उनलाई सेनामा सेवा गर्न नदिनुको पछाडि कुनै कानुनी आधारै नभएको दाबी गरेको थियो । दक्षिण कोरियामा तेश्रो लिंगीलाई शारीरिक अशक्तता वा मानसिक रोगको रूपमा लिइने गरिएको छ । अझै त्यहँँका रूढवादी चर्चहरूले त यसलाई पापको परिणाम मान्ने गर्दछन् । दक्षिण कोरियामा तेश्रोलिंगीप्रतिको भेदभावविरूद्ध कुनै कानुन पनि छैन ।

प्रतिक्रिया दिनुहोस्