गोरिल्ला र सिंह पनि कोरोना संक्रमित



Richard, a western lowland gorilla, who was tested positive for COVID-19 on February 25, 2021, eats vegetables inside its enclosure at closed Prague Zoo amid the coronavirus disease (COVID-19) outbreak in Prague, Czech Republic, November 10, 2020. Picture taken November 10, 2020. REUTERS/David W Cerny

प्राग, (एजेन्सी) ।

चेकोस्लाभाकियामा कोरोना महामारीको लकडाउन गरिएको राजधानीस्थित प्राग चिडियाघरमा रहेका एउटा गोरिल्ला र अर्का दुईवटा सिंह कोभिड–१९ पोेजेटिभ भएको पाइएको छ । जाम्भान र सूची नामक दुई सिंह र भाले गोरिल्ला रिचर्ड कोरोना पोजेटिभ देखिएका हुन् । तर, अहिलेसम्म तिनीहरूमा हल्का लक्षणहरू मात्र देखिएको बताइएको छ ।

प्राग चिडियाघरका निर्देशक मिरोस्लाभ बोबेकले आफ्नो फेसबुकमार्फत दुवै सिंहलाई रूघा र खोकी लागेको तथा रिचर्डले भोक हराएको जानकारी दिएका छन् । बोबेकले तिनीहरूलाई चिडियाघरका कर्मचारीहरूबाट कोरोना भाइरस सरेको हुनुपर्ने तथा त्यहाँ रहेका अन्य जनावर तथा पन्छीहरूको पनि स्वास्थ्य परीक्षण गरिने बताएका छन् ।

प्राग चिडियाघर अन्य कोभिड–१९ का घटनाहरू रहेका चिडियाघरहरूसँग नियमित सम्पर्कमा रहेको थियो ।गत जनवरीमा सान डियागो चिडियाघरको सफारी पार्कमा थुप्रै गोरिल्ला कोभिड–१९ को शिकार भएका थिए । गरिब मुलुक चेक गणतन्त्रमा अहिले नयाँ चरणको महामारी देखापरेको छ ।

प्रतिक्रिया दिनुहोस्