म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त



जेनेभा ।म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गर्नुभएको छ ।

म्यान्मारमा प्रदर्शनको सबैभन्दा भयावह दिन पछि यी टिप्पणीहरू आएका हुन् । बुधबार प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ ।संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख मिशेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्नू आग्रह गर्नुभएको हो ।

“म्यानमारको सेनाले प्रदर्शनकारीको हत्या र जेल चलान रोक्नु पर्छ,” उहाँले भन्नुभयो । “यो एकदम घृणित कुरा हो कि सुरक्षा बलले देशभर शान्तिपूर्ण आन्दोलनकारीहरूबिरूद्ध सिधै गोली चलाइरहेको छन् । यो मानव अधिकार विरोधी काम हो । राष्ट्रसंघ यसको घोर निन्दा गर्दछ ।बचेलेटले थप्नुभयो, “घाइतेलाई उद्धार गर्न पुगेका आपतकालीन स्वास्थ्य कर्मचारी र एम्बुलेन्सबिरूद्ध पनि आक्रमण हुनु घोर आपत्तिजनक कार्य हो ।

संयुक्त राष्ट्रसङ्घीय अधिकारमामिला हेर्ने कार्यालयका अनुसार फेब्रुअरी १ देखि प्रहरी र सैनिक अधिकारीहरूले कम्तिमा ५४ व्यक्तिलाई ‘सुरक्षा कारबाही’ का क्रममा मारेको पुष्टि गरेको छ ।

वास्तविक मृत्यु हुने संख्या धेरै बढी हुन सक्ने पनि उक्त कार्यालयले प्रमाणित बताएको छ । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको पुष्टि गरिसकिएको छ । म्यानमारमा सेनाले सत्ता लिएपछि सैनिक कदमको विरोधमा निरन्तर प्रदर्शनहरू हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्