सर हामी कहिलेसम्म छाना नभएको भवनमा बसेर पढ्ने ?



न्युज अफ नेपाल, सल्यान ।

सर हामी कहिलेसम्म छाना नभएको भवनमा बसेर पढ्ने ? हरेक दिन यी बालबालीकाको प्रश्न हुने गर्दछ । चर्किदै गएको गर्मि र यो फागुन महिनाको हावाहुरीले बाहिरको सबै जति धुलो उडाएर यही भत्किएको भवन भित्र लिने गर्छ । छाना उडाएको भवनमा बसेर पढदा कति बेला भित्ता र काठ भत्किएर मरिने हो की भन्ने यी बालबालीका त्रासका बिच यस भवनमा पढिरहेका छन ।

विद्यालय पनि बालबालीकाको पढने घर जस्तै हो । उनिहरुको दैनिकी बिद्यालयमै बित्ने गर्छ । बालबालीका पढनको लागी सहज वातावरण र सुरक्षित स्थानको आवश्यक पर्छ तर सल्यानको एक निम्न माध्यमिक विद्यालयका बालबालिका भने खुल्ला आकाश मुनी पढन बाध्य छन । गएको बैशाखमा हावाहुरीले छाना उडाएपछि बनगाड कुपिण्डे नगरपालिका ११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयका बिद्यार्थि खुल्ला आकाश मुनी पढन बाध्य भएका हुन । छानो नहुँदा खुल्ला आकाशमा बसेर पढ्दा छारोधुलोले गर्दा टाउँको दुख्ने जस्ता समस्याले हैरानी भएको विद्यार्थी तिलक बुढामगरले बताउनु भयो ।

गत वैशाख २८ गते आएका हावाहुरीले विद्यालयको छाना फालेको थियो । विद्यालय मर्मत गरिदिन नगरपालिकालाई बारम्बार आग्रह गरेपनि नगरपालिकाले वास्तै नगरेको बिद्यालयका प्रधानध्यापक हेमराज ओलीले बताउनस भयो । २ सय ७५ जना अध्यनरत यस बिद्यालयमा भवनको अभाव हुँदा विद्यार्थीहरु खुला चौर र छाना उडाएको भवनमै बसेर पढन बाध्य उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, खुल्ला आकाशमा पढदा बालबालिकाहरु बिरामी हुने, पढन मन नगर्ने गरेका छन। विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको र स्थानीय सरकारलाई फाइल पठाउँदा पनि कुनै सुनुवाई हुन नसकेको प्रअ ओलीले बताउनु भयो ।

हावाहुरीले छाना उडाउन वित्तिकै नगर सरकारलाई जानकारी गराउँदा नगर उप प्रमुख मन्जु यरि, इन्जिनियर महेश देवकोटा सहितको टोलिले अनुगमन गरि ८ लाख जतिको अनुमानीत बजेटको मुल्यांकन गरे पनि कुनै ठाउँबाट बजेटको व्यवस्थापन हुन सकेको छैन । विद्यालय भवन मर्मतका लागि बजेट अभाव भएकाले अन्य शिर्षकबाट मर्मत गर्ने तयारी भई रहेको बन्गाड कुपिण्डे नरपालिकाले जनाएको छ ।

अब शिक्षा क्षेत्रतर्फ छुट्याएको बजेटलाइ कार्यपालिकाको बैठकमा लिएर अनुमोदन गराइ केहिदिनभित्र विद्यालयसँग सम्झौता गरेर काम अगाडी बढाईने नगरप्रमुख गोबिन्द पुनले प्रतिकृया दिनु भएको छ ।

शिक्षामा लगानी गरेर परिवर्तन ल्याउने भनेर ठाउँ ठाउँमा भाषण दिने नेताहरुहरु यहि बाटो पटक पटक हिडदा पनि बाटैमा भएको यो बिद्यालयमा कसैको ध्यान नजानु भनेका लाजमर्दो कुरा हो । साना बालबालिकाको भविश्य जोडिएको विद्यालय जस्तो सम्वेदनशिल क्षेत्र एक वर्षदेखि अलपत्र पर्नु निकै दुखको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्