जगदम्बा सिमेन्ट द्वारा निर्माणविज्ञसंग अन्तरक्रिया



काठमाडौं(नेस) ।

निर्माणविज्ञहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने कुरालाई मनन गर्दै जगदम्बा सिमेन्टले फागुन १७ गते सिन्धुपालञ्चोकको मेलम्चीमा ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनियर आयोजना प्रमुख लगायत मिडियाकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

हामीले हाम्रा संरचनाहरु भुकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामाग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माण सम्पन्न गर्नुपर्ने कुरा कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले प्रष्ट पार्नु भयो भने मेलम्ची नगरपालिका भवन शाखाका प्रमुख इन्जिनियर जितबहादुर कार्कीले निर्माण संरचना र सेटिङ टायमका आधारमामात्र ओ.पि.सि. र पि.पि.सि. सिमेन्टको प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

स्थापना कालदेखि नै निर्माणकर्मी, उपभोक्ता तथा बिक्रेतालाई विभिन्न कार्यक्रमहरु जस्तै जगदम्बा जागरण, जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा प्रयोग विधि बाट लाभान्वित गर्दै आएकोमा भावी दिनहरुमा यस्ता कार्यक्रमहरुको निरन्तरता दिने प्रतिबद्धता कम्पनीका वरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहालले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्