१ सय ६५ वटा व्यावसायिक फर्मलाई कारबाही



काठमाडौं(नेस) ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपत्यका बाहिरका पाँच कार्यालयले सात महिनामा एक सय ६५ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । उपभोक्ता हित विपरीतको काममा संलग्न रहेका ती फर्मलाई जरिवाना गरिएको छ ।

आर्थिक जरिवाना बापत ४६ लाख २३ हजार रूपैयाँ राजश्व संकलन भएको पनि विभागले जनाएको छ । उपत्यका बाहिरका पाँच जिल्लामा चालु आर्थिक वर्षमा सो कारबाही गरिएको र विभागका प्रवक्ता शिवराज सेडाइँले बताउनुभयो ।विभाग मातहतका मोरङ, पर्सा, रुपन्देही, बाँके र कैलाली जिल्लामा उपभोक्ता संरक्षण ऐन अन्तर्गत अनुगमन गरिएको विभागको भनाइ छ । साउनदेखि पुस माघ ममान्तसम्म नौ सय ९० वटा व्यावसायिक फर्म तथा कम्पनीमा अनुगमन गरिएको थियो ।

मोरङका १२, पर्साका १०२, बाँकेका ९ र कैलालीका ४२ वटा कम्पनीलाई कारवाही गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा फेला परेका ४६ लाख २३ हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरिएको, १० वटा फर्मको कारोबार रोक्का राखिएको र २७ वटा फर्म तथा कम्पनीलाई स्पष्टीकरण सोधिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्