भोजपुरका विशाल र सुभाष प्रि–क्वार्टरमा



नेपाल समाचारपत्र, भोजपुर  ।

भोजपुरका विशाल तामाङ भोजपुरमा बुधबारदेखि शुरू भएको प्रदेश नं. १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

विशालले पुरूष सिंगल्सकोे पहिलो दिन सुनसरीका सत्यन सुब्बामाथि १८–२१, २३–२१, २१–१४ को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । भोजपुरकै अर्का खेलाडी सुभाष तामाङ पनि अन्तिम १६ मा स्थान बनाउन सफल भए । सुभाषले सोलखुम्बुका संयोग सुब्बालाई २१–१६, २१–१९ ले पराजित गरेका हुन् । यसै गरि अन्तिम १६ मा स्थान बनाउने क्रममा सुनसरीका प्रकाश लिम्बुले मोरङका जोन जसराजलाई २१–१४, २१–१५ ले पन्छाए ।

यस्तै, पाँचथरका दिवस शंकरले भोजपुर दिङलाका नरेन्द्र तामाङबाट, बेलटार चौदन्डीगढीका विनय चौधरीले भोजपुरका सुजन तामाङबाट, भोजपुरका सुरज रानाले भोजपुर दिङलाका दावा शेर्पाबाट वाक ओभर प्राप्त गर्दै अन्तिम १६ मा प्रवेश गरे ।पुरूष युगल तर्फ बेलबारीका अजय चौधरी र मंदीप घले, संखवासभाका सुनिल कार्की र निशान कटुवाल, खोटाङका विजय राई र सविन श्रेष्ठ, बेलबारीका नविन राई र लाक्पा शेर्पा, भोजपुर दिङलाका लेखनाथ श्रेष्ठ र बुद्ध ताामाङ तथा भोजपुरका सुरज मगर र मनोज श्रेष्ठको जोडीले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरे ।

ब्वाईज यु १७ तर्फ सोलुखुम्बुका संयोग बस्नेत, खोटाङका सनम राई, सविन श्रेष्ठ र विजय राई, ईटहरी ब्याडमिन्टन क्लबका भोज बहादुर गुरूङ, ओखलढुङाका बिकास कटुवाल रहेमन्त राइ, संखुवासभाका निशान कटुवाल र सुनिल कार्की, धनकुटाका सुजन तामाङ, बेलटारका विनय चौधरी र सनिल चौधरी, भोजपुरका युनिश राई, मोरङका जोन जसराज तथा सुनसरीका सत्यम सुुब्बा पनि अन्तिम १६ प्रवेश गरे ।

प्रतिक्रिया दिनुहोस्