शृंखला अब हावर्डकी विद्यार्थी



हेटौंडाकी चेली पूर्वमिस नेपाल शृंखला खतिवडाले विश्वकै चर्चित विश्वविद्यालय हावर्डमा पढ्ने अवसर पाएकी छिन्।अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यू बुस, संसारकै धनी बिल गेट्स, फेसबुक संस्थापक मार्क जुकरबर्गजस्ता विश्वविख्यात व्यक्तिले अध्ययन गरेको हावर्डमा शृंखलाले पनि पढ्ने अवसर पाएकी हुन्।

उनले लकडाउनको समयमा पढ्नुपर्छ भन्ने लागेर विश्वविद्यालयमा अप्लाइ गरेकी थिइन्। अमेरिकाको बोस्टनमा रहेको हावर्ड विश्वविद्यालयमा शृंखलाले अर्वान प्लानिङ (शहरी विकास योजना) विषयमा स्नातकोत्तरमा भर्ना पाएकी हुन्। हावर्डबाट अध्ययन लागि स्वीकृति पाएसँगै उनले भनेकी छन्– ‘यो मेरा लागि हालसम्मकै खुसीको कुरा हो। आँट्यो भने सकिन्छ भन्ने लाग्छ । त्यसका लागि धेरै अध्ययन÷अनुसन्धान मेरो रुचिको कुरा हो ।’

विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्न पाउनु जीवनको सबभन्दा ठूलो सफलता रहेको उनको भनाइ छ। खतिवडाले ५ महिनापछि अध्ययनका लागि अमेरिका जाने र दुई वर्षको सो कोर्ष पूरा गरेपछि नेपाल फर्किने बताइन्।शृंखला सन् २०१८ मा मिस नेपाल बनेकी थिइन्। उनले पुल्चोक इन्जिनियरिङ कलेजबाट आर्किटेक्ट पढेकी हुन्। उनले आफ्नो ब्याचमा कलेजको उत्कृष्ट अंक ल्याएर स्नातक तह पूरा गरेकी थिइन्। उनी समाजसेवाको क्षेत्रमा पनि सक्रिय छिन्।

प्रतिक्रिया दिनुहोस्