गोंगबुमा हत्याकाण्ड: कल्पना मुडभरीलाई आजीवन कारावासको सजाय



काठमाडौं, (नेस) ।
गत साउन २५ गते गोंगबुमा हत्या गरिएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न रहेकी कल्पना मुडभरीलाई जिल्ला अदालत काठमाडांैले आजीवन कारावासको सजाय सुनाएको छ ।आफ्नै कोठामा बोलाएर बोहोराको हत्या गरेपछि मुडभरीले हातखुट्टा काटेर कोठानजिकै फ्याँकेकी थिइन् भने शरीरलाई सुटकेसमा हालेर नवज्योति मार्गमा फ्याँकेकी थिइन्

रोल्पाको रुन्टीगढी नगरपालिका घर भएका बोहोरा गोंगबुको एक होटलमा बस्दै आएका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले मुडभरीलाई आजीवन कारावासको सजांय सुनाएको हो भने उक्त काण्डमा संलग्न रहेकी मुडभरीकी छोरीलाई भने नाबालिका भन्दै सफाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्